पोखरामा भोलिदेखि विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता

पाेखरा | फागुन १९, २०८०

पोखरामा भोलिदेखि विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता

पोखरा:    पोखरामा भोलिदेखि सुन्दर ढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता प्रतियोगिता हुने भएको छ । 


सुन्दर ढोका साथी सेवाका निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुन लागेको हो । 


आइतबार र सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटको बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारी लुईटेलले जानकारी दिईन । 


‘पर्यटकीय शहर पोखरामा भोलि र पर्सी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै छौं’, कार्यकारी निर्देशक लुईटेलले भनिन्, ‘दुईदिनसम्म सञ्चालन हुने राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगितामा महिला÷पुरुषतर्फ गरेर १५ टिमको सहभागिता रहने छ ।’


उनका अनुसार विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको महिला÷पुरुषतर्फको विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने समूहले ३० हजारसहित पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररलाई जनही ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिव ६२ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यकारी निर्देशक लुईटेलले बताईन । 


प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशसहित ६ वटा प्रदेशको सहभागिता रहनेछ भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित ७ प्रदेशको सहभागिता रहनेछ । 


को हुन् स्वर्गीय विकास अधिकारी ?


स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका संस्थापक निर्देशक हुन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल संंस्थाका संस्थापक निर्देशक स्व. अधिकारीले अपाङ्गता भएका व्यक्ति तथा परिवारहरुको लागि नेपाली समाजका सीमान्तकृत व्यक्तिहरुका लागि पहुँचयोग्य बनाउन निरन्तर लागिरहेका व्यक्ति ुहन् । 


अपाङ्गताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका सेवाका संस्थापक स्व. विकास अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समान हक, अधिकारसँगै अपाङ्गमैत्री सुशासन समाजका निर्माणका लागि काम गर्दै आएका थिए । 


उनको विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमणपछि उपचारको क्रममा दुईवर्ष अगाडि मृत्यु भएको थियो । सुन्दर ढोका साथी सेवाले उनै स्व. विकास अधिकारीको दोस्रो स्मृति दिवसमा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता च्याम्पियनसिप नेपाल २०८० सञ्चालन गर्न लागेको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्